Rule 21
उत्तरपुस्तिका रुजु
: (१) नियम २० को उपनियम (३) बमोजिम विज्ञबाट परीक्षण भएका उत्तरपुस्तिका रुजु गरी राखिनेछ ।
(२) उत्तरपुस्तिका रुजु गर्दा देहायका कुराहरूलाई ध्यान दिनु पर्नेछ ः-
(क) उम्मेदवारले लेखेको सबै उत्तर परीक्षण गरी अङ्क दिइएको छ, छैन,
(ख) परीक्षकले दिएका सबै अङ्कहरू ठीकसँग जोडिएको छ, छैन,
(ग) आयोगले तोकेका अन्य कुराहरू ।